तेस्रो श्रेणीको क्लबसँग एट्लेटिको स्तब्ध

काठमाडौं । एट्लेटिको मड्रिड कोपा डेल रे फुटबलमा पराजित भएको छ । अन्तिम १६ का लागि भएको खेलमा एट्लेटिकोले स्तब्ध भएको हो ।

शुक्रबार राति भएको खेलमा एट्लेटिको तेस्रो श्रेणीको क्लब कल्चरल लियोनिसासंग २–१ ले पराजित भयो । खेलको ६२ औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

जुलन केस्टानेडाले ८३ औ मिनेटमा बराबरीमा ल्याएका थिए । ससरजियो बनेटिले इनजुरी समयमा गोल गर्दै एट्लेटिकोलाई स्तब्ध बनाए । एट्लेटिकोले लगातार तीन खेलमा हार ब्यहोरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?