बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार रहेको थियो । भने आज तोलामा २ सयले बृद्धि भइ प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ७४ हजार ९ सय रहेको छ ।

तर आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन् । बिहीवार प्रतितोला चाँदीको मूल्य ८ सय ८५ रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?