जब सलमान खानले तिरेनन् साइकल बनाएको उधारो

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खान हालै मुम्बई वेलफेयर फन्डका लागि आयोजित कार्यक्रम ‘उमंग २०२०’ मा सहभागी भए । सो कार्यक्रमका क्रममा उनले आफ्नो जीवनका एक रोचक किस्सा सुनाएका छन् । कार्यक्रममा उनले आज पनि एक बूडा साइकल मिस्त्रीको १.२५ रुपैयाँ उधारो नतिरेको बताएका थिए ।
कमेडियन कपिल शर्माका साथ उनीसहित कयौ बलिउड अभिनेताले आफ्नो रिल र रियल लाइभको रोचक घटना सुनाएर सबैलाई निकै हराएका थिए । सोही क्रममा सलमान खानले बताएकि उनीमाथि अहिले पनि एक वृद्ध साइकल मिस्त्रीको उधारो रहेको छ । यसले अहिले पनि उनलाई झस्काइरहन्छ ।
सलमानले बताए–मैले सर्ट लगाएको थिएँ र मेरो साथमा पैसा थिएन । यसबारे मैले काकालाई भने कि यसको मर्मत गरिदिनु र पैसा पछि तिर्छु ।’
सलमानका अनुसार जब उनले पैसा मेकानिक्सलाई पछि तिर्न खोजे उनले सो लिन मानेनन् ।
सलमानले कार्यक्रममा बाल्यकालमा पेट्रोल बचाउनका लागि स्कुटरमा आधा मट्टितेल हालेको रोचक किस्सा पनि सुनाए ।
कार्यक्रममा सलमानका साथै कट्रिना कैफ, शाहरुख खान, ऋतिक रोशन, कृति सनन, माधुरी दीक्षित, जन लिवललगायतपनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?