प्रदेश नं. ३को संसद बैठक माघ १८ गते, अन्य प्रदेशको अझै अनिश्चित

मकवानपुर, ११ माघ । ३ नं. प्रदेशको प्रदेशसभाको प्रथम अधिवेशन यही माघ १८ गतेका लागि बोलाइएको छ प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार सूचना जारी गर्दै माघ १८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको पहिलो बैठक बोलाएकी हुन् प्रदेश प्रमुख कोइरालाले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश बैठक आह्वान गरेको क्षेत्रिय प्रशासक रश्मिराज पाण्डेले जानकारी दिए हेटौडास्थित मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा प्रदेश बैठक प्रदेशसभास्थल तोकिएको छ । यसअघि ३ नं. प्रदेशका सांसदहरुले यहि भवनमा सपथ ग्रहण गरेका थिए प्रदेश सांसद्ले शपथ ग्रहण गरेको २० दिनभित्रमा प्रदेशसभाको प्रथम अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ प्रदेश ३ सहित सातवटै प्रदेशका सांसद्ले गत माघ ७ गते शपथ लिएका थिए । यसअघि २ नम्बर प्रदेशको माघ २१ गतेका लागि बैठक बोलाइएको छ । २ र ३ बाहेक अन्य प्रदेशका प्रदेश प्रमुखले अझैसम्म पहिलो बैठकको मिति तोकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?