राष्ट्रियसभाः प्रदेश २ बाट मृगेन्द्रकुमार सिंह निर्वाचित

काठमाडौं । राष्ट्रियसभाको खुल्लातर्फको सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार मृगेन्द्रकुमार सिंह निर्वाचित भएका छन्।

निर्वाचन कार्यालयका अनुसार पाँच हजार ४०० मत प्राप्त गरी सिंह निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी अनिरूद्धकुमार सिंहले चार हजार ५१२ मत प्राप्त गरेका छन् । सिंह सङ्घीय समाजवादी पार्टी र नेपाली काँगे्रसका संयुक्त उम्मेदवार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?