कर्णाली प्रदेशमा नेकपाका आचार्य र बिसी विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्य पदका लागि आज भएको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मायाप्रसाद आचार्य र सुमित्रा बिसी विजयी भएका छन् ।

आचार्यले तीन हजार ६१८ मत प्राप्त गरेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी डिल्लीराम पाठकले एक हजार २६ मत प्राप्त गरे निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले जानकारी दिएका छन् । त्यसैगरी बिसीले तीन हजार ६८४ मत प्राप्त गरेका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी गणेशकुमारी बस्नेतले एक हजार २६ मत प्राप्त गरेकी छन् ।

यो प्रदेशमा रिक्त दुई पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल १९८ मतदातामध्ये १९५ अर्थात् ९८.४८ प्रतिशतले मतदान गरेका थिए । तीमध्ये एकजना प्रदेशसभा सदस्यको मत बदर भएको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?