राष्ट्रियसभा निर्वाचनः प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार विजयी

काठमाडौं । बिहीबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।

उक्त निर्वाचनमा उम्मेदवारहरु इन्दिरा गौतम, देवेन्द्र दाहाल र गोपी अच्छामी, निर्वाचित भएका हुन् ।

महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार प्राप्त गरि निर्वाचनमा विजयी भएकी हुन् ।

त्यस्तै दाहालले ६ हजार २ सय ३४ मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ मत पाउ । भने समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मत पाएका थिए ।

त्यस्तै अच्छामीले ६ हजार ३ सय ३० मत प्राप्त गरेका छन् । अच्छामीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निरबहादुर विकले २७ सय १८ मत प्राप्त गरे । भने अर्का प्रतिद्धन्दी समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?