राष्ट्रियसभा सदस्यमा प्रदेश १ बाट इन्दिरा गौतम विजयी

काठमाडौं राष्ट्रियसभा सदस्यमा प्रदेश १ बाट नेकपाकी इन्दिरा गौतम विजयी भएकी छन् ।

राष्ट्रियसभा सदस्यमा उनले ६ हजार ४ सय २२ मत पाएर विजयी भएकी हुन् । प्रदेश १ को महिलातर्फको सदस्यमा नेपाली कांग्रेसकी मीना पुलामी मगर र समाजवादी पार्टीकी कमला वडहीलाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।

राष्ट्रियसभा निर्वाचन : नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी

राष्ट्रिय सभा सदस्यमा गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीबाट नारायणकाजी श्रेष्ठ विजयी भएका छन् ।

आज भएको मतदानमा ३४६२ मत ल्याउदै श्रेष्ठले विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरको जित निकालेका हुन्।

त्यस्तै गण्डकी प्रदेशको महिला तर्फपनि नेकपाकै भगवती न्यौपाने विजयी बनेकी छन् । उनले ३३६६ मत प्राप्त गरेकी छन् ।

प्रदेश ५ मा महिला तर्फ नेकपाकी विमला घिमिरे विजयी

राष्ट्रियसभा सदस्यमा प्रदेश ५ मा महिला तर्फ नेकपाकी विमला घिमिरे वियजी भएकी छिन् ।

आज मतदान भई भर्खरै सार्वजनिक भएको मतपरिणामानुसार घिमिरे निर्वााचित भएकी हुन् ।

उनीपाँच हजार ७२८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गिरिजादेवी न्यौपानेले दुई हजार १०० मत ल्याएकी छिन् । महिलाका पाँच मत बदर भएका छन् । अपाङ्गता र खुलाको मतगणना घोराही जिल्ला समन्वय समितिको कार्यालयमा जारी छ ।

राष्ट्रिय सभा : प्रदेश २ मा नेकपाकी तुलसा दाहाल विजयी

राष्ट्रियसभाको निर्वाचनमा प्रदेश २ को महिलातर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।

नेकपा- राजपाकी संयुक्त उमेदवार तुलसाले बिहीबार भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गरेकी हुन् ।

तुलसाले स्थानीयतर्फ स्‍थानीय तहतर्फ १ सय ४० मत ल्याएकी छन् भने प्रदेशतर्फ ५६ मत ल्याएकी छन् । उनले कुल मत ५२०८ प्राप्त गरेकी छन् ।

 

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा नेकपाका पासवान विजयी

प्रदेश २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार राधेश्याम पासवान विजयी भएका छन् ।राधेश्यामले ५२९२ मतभार प्राप्त गरे । उनले ४ सय ८८ फरक मतान्तरले विजयी हात पारेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?