दीपिकाले रचिन् इतिहास, फेसनब्रान्डका लागि फोटोशुट गर्ने पहिलो भारतीय अभिनेत्री

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो राम्रो अभिनयका कारण वर्ल्ड इकोनोमिक फोरमको तर्फबाट ‘क्रिस्टल अवार्ड’ पाएकी छिन् ।

साथै यो सँगै दीपिकाले इतिहास पनि रचेकी छिन् । दीपिका हिन्दी फिल्म उद्योगबाट अन्तर्राष्ट्रिय लक्जरी ब्रान्ड अभियानमा भाग लिने पहिलो महिला बनेकी छिन् ।

यस बारेमा दीपिकाले आफ्नो इन्स्ट्राग्राममा जानकारी दिएकी छिन् । उनले लुई वुइटन परिवार सामेल हुनको लागि रोमान्चित रहेको बताएकी छिन् ।

उनले भनिन् ”विश्वकै प्रतिष्ठत ब्रान्डका लागि निकोलस विज्ञापनमा भाग लिन पाउँनु मेरा लागि रोमान्चक मात्रै नभएर विनम्र पनि हो ।’

दीपिका प्रि फल २०२० अभियानमा फेशन ब्रान्डका लागि सोफी टर्नर, रोबर्टस, ली सेयडाक्स,क्लो ग्रेस मोरेट्ज र एलिशिया विकेन्डरकासाथ विज्ञापनमा देखिदै छिन् ।

यो फोटोशुटमा उनी एक चेक ड्रेसका साथ विन्टर कोट र बुट्स लगाएर फोटो शुट गर्नेछिन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?