राष्ट्रियसभा निर्वाचन : नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी

कास्की । राष्ट्रिय सभा सदस्यमा गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीबाट नारायणकाजी श्रेष्ठ विजयी भएका छन् ।

आज भएको मतदानमा ३४६२ मत ल्याउदै श्रेष्ठले विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरको जित निकालेका हुन्।

त्यस्तै गण्डकी प्रदेशको महिला तर्फपनि नेकपाकै भगवती न्यौपाने विजयी बनेकी छन् । उनले ३३६६ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?