डढेलो नजिक आएपछि क्यानबेराको विमानस्थल बन्द

काठमाडौं । डढेलो फैलिएर नजिक आएपछि अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थल बन्द गरिएको छ ।

संसद्‌ भवनबाट २० मिनेटको दूरीमा रहेको विमानस्थलका सबै उडानहरू रद्द गरिएका हो । बिहीवार तापक्रम बढेपछि दक्षिण र पूर्वका क्षेत्रहरूमा फेरि डढेलो फैलिएको अधिकारीहरूले बताएका छन् ।

डढेलो नियन्त्रण गर्ने विमान पनि राजधानीबाट दुई किलोमिटर टाढा रहेको स्नोइ माउन्टेन्समा दुर्घटनाग्रस्त भएको थियो ।

यो पनि पढ्नुहोस् :

अष्ट्रेलियामा डढेलो निभाउने क्रममा विमान दुर्घटना, ३ अमेरिकी नागरिकको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?