अष्ट्रेलियामा डढेलो निभाउने क्रममा विमान दुर्घटना, ३ अमेरिकी नागरिकको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा डढेलो नियन्त्रणमा संलग्न एक विमान दुर्घटनामा परेको छ । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका तीनै जना अमेरिकी नागरिक रहेको अधिकारीहरुले जनाएका छन् ।

उक्त विशाल हवाई ट्यान्कर बिहिबार स्थानीय समय अनुसार १३ः३० देखि बेपत्ता थियो । विमान बेपत्ता भएपछि खोजिकार्य भएको र केही समयमा नै विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

जहाज हिउयुक्त पहाडमा ठोक्किएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । कमिस्नर शेन फिट्जसिमान्सका अनुसार जहाज के कारणले जहाज पहाडमा ठोक्किन पुगेको स्पष्ट नभइसकेको बताए ।

एजेन्सी

के हो ‘ब्ल्याक बक्स’ ? दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?