राष्ट्रियसभा निर्वाचन : कहाँ कति मत खस्यो ?

जनकपुर । प्रदेश २ मा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत प्रतिशत मत खसेको छ । ४ वटा सिटकाृ लागि मभएको मतदानमा सतप्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यहा ३ सय ९७ जना मतदाता रहेका थिए ।

प्रदेश ५ मा भने कुल मतसंख्या मा दूइ मत खसेन् । यहाँ ३०३ मत खसेको छ । कुल मतदाता संख्या ३०५ मा दुई मत खसेन। दाङको घोराहिमा भएको राष्ट्रियसभा निर्वाचनमा नरैनापुरका उपाध्यक्ष मतदान गर्न आएनन् भने प्रदेशसभा सदस्य बलदेव शर्मा पोख्रेलको निधन भएपछि दुई मत नखसेको हो।

सुदूरपश्चिम प्रदेशमा दुई सय २९ मतदातामध्ये दुई सय २७ ले मतदान गरेका छन्। यहाँ पनि दुई मत खसेन् । सुदूरपश्चिमबाट एक खुला र एकजना महिला गरी दुई राष्ट्रियसभा सदस्यको लागि निर्वाचन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?