माघ १० गते शुक्रबारको राशिफल हेर्नुहोस्

काठमाडौं । आज मिति २०७६ साल माघ महिनाको १० गते शुक्रबार । इस्वी संवत २०२० जनवरी २४ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । हेमन्त ऋतु । नेपाल संवत ११४० पोहेलागा । माघ कृष्णपक्ष । तिथी–औंशी,२६ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– उत्तराषाढा,२६बजेर २९ मिनेट उप्रान्त श्रवण । योग– बज्र,२६ बजेर ३१ मिनेट उप्रान्त सिद्धि । करण– चतुष्पद,१४ बजेर १० मिनेट उप्रान्त नाग,२६ बजेर २७ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा आनन्द योग । चन्द्रराशि–धनु , ७ बजेर ४२ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय ६ बजेर ५६ मिनेटमा, सूर्यास्त १७ बजेर ३६ मिनेटमा । दिनमान २६ घडी ३९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ः राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि जनताको समर्थन पाईने तथा पद प्राप्तीको योग रहेको छ । व्यवसायमा लगानी बढाइ मनग्ये धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरुले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पतीको प्रयोग गरी आए बढाउँन सकिनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैँतिर ल्याउँन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो काममा अरुले हस्तक्षेप गर्न सक्छन् ध्यान दिनुहोला । जीवनशैली व्यस्त रहेपनि न्यून उपलव्धिमा चित्त बुझाउनु पर्ला । पढाइ लेखाइमा ध्यान नजाँदा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका तथा अविश्वास बढ्नेछ । राजनीति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला, आलोचना गर्नेहरु वा खुट्टा तान्नेहरु हावी हुनेछन् । कष्टकर धार्मिक यात्रा हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ः संकट व्यवस्थापनमा चालिएका कदमहरु निःर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन । अल्छि गर्ने बानिले काम बाँकि रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलश्यता बढेर जानेछ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ः भौतिक स्रोेत साधनको प्रयोगमार्फत् व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा व्यापारकै सिलसिलामा लामो दूरीको मनोरञ्जनात्मक यात्रा हुनेछ । साथिभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाईको नाम आउँनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ः स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउँन सफल भइनेछ । पढाइ लेखाइमा गरिएको मेहनतबाट भनेजस्तो प्राप्ताङक हात पार्न सकिनेछ । राम्रोसँग मेहनेत गर्नेहरुका लागी समय फलदायी रहने छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ः पढाइ लेखाइमा आफ्नै कारणले कमजोरी गरेको भान हुनेछ । व्यापारमा प्रशस्त समय दिएमात्र आम्दानी बढाउँन सकिनेछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । तर पनि मेहनेत गर्दा ईज्जत प्रतिष्ठामा वृद्धि गर्न सकिनेछ । सन्तान तथा आफन्तको सहयोग लिएर काम गर्नुहोला, गन्तव्य पहिल्याउँन सहज हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ः साथीभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाइनेछ । मन परेको मानिससँग टाढिनु पर्दा मनमा छटपटी र अशान्ति छाउँनेछ । अन्य व्यापारमा मन्दि आउँने भएपनि कृषि तथा सहकारी व्यवसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) ः व्यापार व्यवसायमा थोरै समय दिँदा पनि मनग्ये आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउँन सकिनेछ । दाजुभाई तथा आफन्तको सहयोगले नया काम थालनी गरी आर्थिक रुपमा सुदृढ हुन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ः शुभचिन्तकको भावनालाई बेवास्ता गर्दा दुःख पाईनेछ । बोलेका कुरा पुरा गर्न नसक्दा अरुले अविश्वास गर्न सक्छन् ध्यान दिनुहोला । प्रेममा मनमुटाव हुने योग रहेको छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । व्यापार व्वसायमा आम्दानी कम हुनाले लगानी गरिहाल्ने समय रहेको छैन । संगीत क्षेत्रमा भने समय राम्रो रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ः अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ । व्पापार व्यवसाय फस्टाएर जाने तथा मनग्ये धन आर्जन गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरुले पद पाउँने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाइ लेखाइमा मन जानेछ भने पढाइकै सवालमा लामो दूरीको यात्रा गर्न सकिनेछ । प्रणय सम्बन्ध थप बलियो बन्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ः खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला, काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनी लामो दूरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ भने विदेसी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउँने योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ः प्राकृतिक स्रोत साधन तथा पैत्रिक सम्पत्तिको प्रयोगमार्फत् मनग्ये धन आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने दैनिक मुनाफामा वृद्धि भएर जानेछ । पढाइ लेखाइमा उत्कृष्ट अंक ल्याउँदै अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । भौतिक सम्पत्ति हात लागी हुने योग रहेको छ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?