कीयानु रिभ्सका प्रेरक १३ भनाईहरु

काठमाडौं । कीयानु रिभ्स चर्चित हलिउड अभिनेता,निर्माता तथा निर्देशक हुन् । क्यानडाका नागरिक रिभ्सको जन्म २ सेप्टेम्बर सन् १९६४ मा भएको थियो । उनका कमेडी,एक्सन, फाइन फिक्सन र हरर आदि विधाका चलचित्रहरु ब्लकबस्टर बनेका थिए ।

कीयानु रिभ्सका प्रेरक १३ भनाईहरु

१. मायाँमा पर्नु र सम्बन्ध गाँस्नु फरक कुरा हो ।

२. अरुले हेर्दा म मौन देखिन्थेँ,तर म मेरो काम मार्फत चिच्याईरहेको थिएँ ।

३. गल्ती र शत्रु फरक कुरा हुन्,तिनकै कारण तिमीले पुनर्जन्म पाउँछौ ।

४. थोरै मात्रामा पनि ध्यान केन्द्रित गर्ने बानीले तिमीलाई धेरै टाढा पुर्याउन सक्छ ।

५. यदि तिमीले चाहे जस्तो भईरहेको छैन भने हेरेर नबस, उठेर आफ्नो जीवनलाई परिवर्तन गर ।

६. भोली आउँछ कि आउँदैन,त्यसको कुनै ग्यारेन्टी छैन, त्यसैले आजमै रमाउ ।

७. म स्कुल जीवनमा दिशाविहिन थिएँ, म हरेक जसो कुरामा फेल हुन्थे ।

८. कहिलेकाहिँ गलत पनि गर, यसले तिम्रो अहमलाई ठाउँमा राख्छ ।

९. दुःखको कहिल्यै अन्त्य हुँदैन,त्यसले आकार बदल्छ ।

१०. सबैभन्दा खुसीको कुरा यो हो कि, तिम्रो भविष्य आफ्नै हातमा छ ।

११. तिमीले जति अनुभव बटुल्दै जान्छौ, त्यति आफूलाई चिन्दै जान्छौ ।

१२. कहिलेकाँहि साधारण कुरा पाउँन झनै कठिन हुन्छ ।

१३. अफ्ठ्यारा परिस्थितिहरुप्रति कृतज्ञ बन, तिनै परिस्थितिहरुले गर्दा नै आज तिमी बलियो बनेका छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?