रेनो ट्राइबरको नयाँ गाडी नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

काठमाडौं । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनो ट्राइबरले नयाँ सुपर स्पेस र अल्ट्रा मोड्युलर गेम चेन्जर नेपालमा सार्वजनिक गरेको छ । रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी हो जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु छन ।

रेनो ट्राइबरले बि–सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई उच्च मुल्याङकन प्रस्ताव गर्दछ । यसको आकर्षक मुल्य निर्धारणका साथ गाडी खरिद गर्ने निर्णय गर्दा उच्च मुल्याङकन खोज्ने ग्राहकहरुका लागि रेनो ट्राइबर गाडी निकै उपयुक्त हुने दावी कम्पनीको रहेको छ ।

रेनो ट्राइबरले भारतमा एक सफल अवधारणको रुपमा आफूलाई स्थापना गरिसकेको छ र ग्राहकहरुबीच पनि ठुलो स्वीकार्यता देखिएको छ । रेनो इन्डिया अपरेशनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक वेंकटराम ममिलापल्ले ट्राइबर परिवारललाई बढाउदै आफ्ना अमुल्य ग्राहकहरुलाई यो परिवारमा स्वागत गर्न चाहेको बताएका छन् ।

रेनो ट्राइबर आकर्षक रुपले डिजाइन गरिएको छ, कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फ्रिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता रहेको कम्पनीले जनाएको छ ।

रेनो ट्राइबर स्टाइलिस, फराकिलो, आधुनिक र व्यवहारिक सुविधासम्पन्न, अल्ट्रा मोड्युलरले सुसज्जित छ र कुल १०० भन्दा बढि विभिन्न सिट कन्फ्रिगेसनहरु छन् ।

साथै त्यतिमात्र नभएर यसमा ३० भन्दा बढि उत्कृष्ट विशेषताहरु जस्तै इजीफिक्स सिट, एसयुभी स्कीड प्लेट्स, एलइडी इन्स्टुमेनट क्लस्टर, दोस्रो र तेस्रो रो मा टुइन एसी भेन्ट, १८२ एमएम को उच्च ग्राउण्ड क्लियरेन्स र ८ इन्चको टच स्क्रीन मिडिया नेभिगेसन इभोलुसन प्रणालीहरु रहेको छ ।

नयाँ इन्धन इन्जिनसहित रेनो ट्राइबरमा १ लिटरको पेट्रोल इन्जिन राखिएको छ जसले प्रदर्शन र इन्धनमा एकरुपता कायम गरेर कुल मेन्टेनेन्श खर्च कम गर्ने कम्पनीको दावी रहेको छ । नेपालमा सार्वजनिक गरिएको उक्त रेनो ट्राइबरको हालको मूल्य २८ लाख २० हजार रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?