कुनबार तेल लगाउँने ? यस्तो छ शास्त्रीय मान्यता

काठमाडौं । ज्योतिषशास्त्र अनुसार प्रत्येक दिनको छुट्टाछुट्टै महत्व छ । हरेक बारसँग जोडिएका विभिन्न परम्परा पनि छन् र प्रत्येक बारको आफ्नै विषेश महत्व छ । आइतबारदेखि शनिबारसम्म बेग्ला बेग्लै परम्परा शनातन हिन्दु शास्त्रमा उल्लेख गरिएको छ । बार अनुसार आइतबारदेखी शनिबारसम्म के के गर्नुहुन्छ ? के के गर्नु हुँदैन भन्ने कुराको जानकारी शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रमा उल्लेख गरिए अनुसार आइतबारदेखि शनिबारसम्म गरिने कामहरु बैज्ञानिक कारणमा आधारित छन् ।

बार अनुसार निश्चित काम गर्दा सफलता र फाइदा हात लाग्ने विश्वास छ । तपार्इ हामी शरीर र कपालमा तेल लगाउन र मसाज गर्न मन पराउँछौ । तर हप्ताका सातै दिन तेल लगाउँनु ठिक हो त ? पक्कै पनि हप्ताको सातै दिन तेल लगाउँनु उचित हुँदैन ।

तपाईँले सोमबार अनुहार वा शरिरमा तेल लगाउँनु भयो भने अनुहारमा चमक आउँने शास्त्रमा उल्लेख गरिएकोछ । कपालमा पनि सोमबार तेल लगाउँनु उत्तम मानिन्छ ।

मंगलबारको दिन तेल लगाउँदा विरामी पर्ने सम्भावना शास्त्रमा व्याख्या गरिएकोछ । त्यसैले कहिले पनि मंगलबार तेल लगाउनु हुदैन । यदि मंगलबार तेल लगाउँनु वा शरिर मालिस गर्नुभयो भने तपाइँ आफै वा परिवारका सदस्यहरुलाई स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ ।

सौभाग्य, सुन्दरता तथा शरीर चिल्लो तथा चम्किलो बनाउँनु छ भने बुधबार तेल लगाउँनु पर्ने शास्त्रमा उल्लेख गरिएको छ । बुधबार शरीरमा तेल लगाउँनु तथा मासिल गर्नको लागी उत्तम बार हो ।

विहीबार तेल लगाउँदा आर्थिक संकट,गरीवी तथा विपन्नताले घेर्ने शास्त्रमा उल्लेख गरिएको छ । त्यसैले बिहीबार भुलेर पनि तेल लगाउनु हुँदैन ।

शुक्रबार तेल लगाउँदा हानी नोक्शानी व्यहोर्नु पर्नै ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ । त्यसैले शुक्रबार पनि तेल लगाउनु हुँदैन ।

साताको अन्तिम दिन अर्थात् शनिबार तेल लगाउनु उत्तम मानिएको छ । यस दिन तेल लगाउँदा घरमा सुख, शान्ति, एवम् पारिवारिक सम्वृद्धि हुने र स्वास्थ्य सवल हुने ज्योतिषशास्त्रको दावी छ । तेल लगाउनका लागि बुधबार र शनिबार सबैभन्दा उत्तम दिन मानिएको छ ।

ज्यो। दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?