यस्तो छ महादेवको तेश्रो आँखाको रहस्य !

काठमाडौं । भगवानको नाम हामीले जति सुनेका छौँ, ति सबै भगवानको आ-आफ्नै महत्व छ । मानिसहरु भगवानलाई आस्थाका रुपमा हेर्ने र लिने गर्छन् । तर भगवान शिवका बारेमा मानिसहरुको आस्था फरक छ ।

भगवान शिव (महादेव) जति छिटो प्रसन्न हुन्छन् त्यति नै छिटो क्रोधित हुने गर्छन् । भनिन्छ, भगवान शिवको तेश्रो आँखा पनि छ । जसको रहस्यको बारेमा सायदैलाई मात्र थाहा होला ।

पुराणमा महादेवको निधारमा तेश्रो आँखा रहेको उल्लेख गरिएको छ । यो आँखाबाट महादेव सबैकुरा देख्न सक्छन् भन्ने विश्वास गरिन्छ ।

महादेवको तेश्रो आँखा खुल्ने बित्तिकै त्यहाँबाट अलौकिक उर्जा निस्किन्छ भनेर पुराणमा उल्लेख गरिएको छ । यहि आँखाको माध्यामले महादेव व्रह्माण्डलाई नष्ट गर्न सक्छन् भन्ने कुरा पुराणमा पाइन्छ ।

त्यसैले महादेवको तेश्रो आँखालाई प्रलयका रुपमा लिने गरिन्छ । भगवान शिवका तिनवटै आँखा फरक-फरक गुणका हुन्छन् ।

जसमा दायाँ नेत्र सत्व गुण, बाँया नेत्र रजोगुण र तेश्रो नेत्रलाई तमो गुणका रुपमा हेर्ने गरिन्छ । महादेवको एक आँखामा चन्द्रमा, दोश्रो आँखामा सूर्य र तेश्रो आँखामा विवेक रहने पनि विश्वास गरिन्छ ।

महादेवको तेश्रो आँखा आज्ञा चक्रसँग सम्बन्धित रहेको छ । आज्ञाचक्र नै विवेकको श्रोत हो । तेश्रो नेत्र खुलेपछि सामान्य मानिसहरु वरको वृक्षको आकार लिने गरेको बताइन्छ ।

वेदशास्त्रका अनुसार यो पृथ्वीमा बस्ने सबै जीवहरुको तीन वटा आँखा हुन्छ । दुई आँखाले भौतिक जीव र तेश्रो आँखाले विवेकलाई देख्न सक्छन् । त्यसैले जीवहरुमा विवेकरुपी आँखा देखिँदैन तर थाहा मात्र हुन्छ ।

भगवान शिवको तेश्रो नेत्रलाई त्रिकालको प्रतिकका रुपमा मान्ने गरिन्छ । जसमा भूत, भविष्य र वर्तमानको वास हुने गर्छ । साथै महादेवका तीन नेत्रलाई स्वर्ग,मर्त्य र पाताललोकको बारेमा लिने गरिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?