विभिन्न ५ सहकारीको दर्ता खारेजी, कुन कुन परे ?

काठमाडौं । सहकारी विभागले विभिन्न ५ सहकारी संस्थाहरुको इजाजत खारेज गरेको छ । विभागका अनुसार सहकारी संस्थाहरुको मूल्य मान्यता अनुसार नचलेको पाइएको कारण तिनीहरुको खारेज गरिएको जनाएको छ । सहकारीको मूल्य र भावनामा आँच आएका कारण उनीहरुलाइ ऐनले दिएको अधिकार प्रयोग गर्दै खारेजी गरिएको हो ।

यसैक्रममा खारेजीमा पर्नेमा काठमाडौं महानगरपालिकाका वडा नम्बर १२ मा रहेको तोपूमी केषि सहकारी संस्था, महानगरकै ३१ नम्बर वडामा रहेको हरित कृषि सहकारी संस्था, गोंगबुको भारतीय पूर्व सैनिक कल्याणकारी कृषि सहकारी संस्था, नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था र समृद्ध कृषिसहकारी संस्था खारेजीमा परेका हुन् ।

यो भने पहिलो पटक सहकारी संस्थाहरुको दर्ता खारेज गरिएको विभागले भनाइ रहेको छ । साथै यस अघि तत्कालीन सहकारी डिभिजन कार्यालयहरुले सहकारी संस्था खारेज गर्ने गरेका थिए ।

पछिल्लो समय सहकारी गलत कृयाकलाप, सम्पत्ति शुद्धिकरणको प्रयास र निर्वाचनका बेलामात्रै संस्था ब्यूताउने पाइएकाले संस्था खारेज गरिएको विभागले जनाएको छ ।

हाल नेपालमा ३४ हजार ८ सय ३७ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् ।सहकारी विभागले ५ सहकारी संस्थाहरुको इजाजत खारेज गरेको छ । सहकारी ऐनले दिएको अधिकार प्रयोग गर्दै विभागका रजिष्ट्रार टोकराज पाण्डेले पहिलो पटक ५ सहकारी संस्था खारेजीको निर्णय गरेका हुन् ।

सहकारी संस्थाहरुको मूल्य मान्यता अनुसार नचलेको पाइएपछि ति सहकारी संस्थाहरु खारेज गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?