चाबहिलमा कपडा र कागजमा पोको पारेर फ्यालिएको अवस्थामा शिशुको शव फेला

काठमाडौं । काठमाडौंको चाबहिलस्थित धोविखोलाको किनारमा एक शिशुको शव फेला परेको छ ।

खोलाको किनारमा कपडा र कागजमा पोको पारेर फ्यालिएको अवस्थामा बिहीवार बिहान प्रहरीले शव फेला पारेको हो । प्रहरीका अनुसार करिव ७ महिनाको शिशुको शव फेला परेको हो ।

शवलाई पोस्टमार्टको लागि अस्पताल पठाइसकेको र घटनाबारे अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?