१४ वर्षदेखि कोमामा रहेकी महिलाले बच्चालाई जन्म दिएपछि…!

काठमाडौं । हाम्रो शरीरमा कुन बेला के रोग लाग्छ थाहा नै हुँदैन । तर एउटा यस्तो रोगको घटना बाहिर आएको छ, त्यो रोगले सबैलाई चकित बनाइदिएको छ ।

अमेरिकाकी उरिजोना नामकी एक महिला १४ वर्षदेखि अस्पतालको कोमामा थिइन् । तर १४ वर्षसम्म कोमामा बसेकी महिलाले बच्चालाई जन्म दिएकी छिन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामको रिपोर्टका अनुसार महिला गर्भवती भएको कुरा १४ वर्षसम्म अस्पतालमा उनको सेवा गरिरहेका स्टाफहरुलाई समेत थाहा थिएन ।

स्टाफहरुले यो कुरा उनको डेलीवरी गर्ने बेलामा थाहा पाएका थिए । अस्पतालका अधिकारीहरु यो बारेमा बोल्न मानिरहेका छैनन् । प्रहरीले बच्चाको पिता पत्ता लगाउँन अनुसन्धान गरिरहेको छ ।

प्रहरीले १४ वर्षसम्म कोमामा रहेकी महिलाले कसरी सम्बन्ध राख्न दिन्छ भन्दै अस्पतालका अधिकारीहरुलाई गिरफ्तार गरेको छ । ति महिला १४ वर्ष अगाडि पानीमा डुबेका कारण कोमामा थिइन् ।

कोमामा रहेको १४ वर्षपछि महिलाले एक बच्चा जन्माएकी हुन् । महिलालाई कोमामा रहेको बेला हेरचाहका लागि अन्य मानिसहको अत्याधिक आवश्यक पर्ने गर्दथ्यो ।

त्यसैले उनी रहेको कोठामा मानिसहरु आउँने जाने गर्दथे । महिलाले जब बच्चालाई जन्म दिएकी छिन् त्यो बेलादेखि उनको कोठामा आउँने जाने मानिसहरुमा नजर राख्ने गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?