यो झर्नामा पानी होइन,आगो निस्किन्छ !

काठमाडौं । पानीको झर्ना त हामीलाई थाहा छ । तर आगोको नि ? सायद हामी घुम्न जाँदा पानीको झर्ना भएको ठाउँमा मात्र गएका होलाउँ ।

उचाईबाट झरेको पानीबाट झर्ना बन्छ र त्यो झर्नाबाट निस्किएको आवाजले हामीलाई मन्त्रमुग्ध बनाइदिन्छ । तर अमेरिकाको क्यालिफोर्नियास्थित योसोमिटि नेशनल पार्कमा आगोको झर्ना छ ।

यो झर्ना १५६० फिट उचाईको क्याप्टेन माउन्टेनबाट झर्छ । यसलाई फायरफल भन्ने गरिन्छ । अर्थात् आगोको झर्ना भन्ने गरिन्छ ।

यो झर्ना हेर्नको लागि टाढा टाढाबाट पर्यटकहरु आउँने गर्छन् । तर यो कुनै आगोको झर्ना होइन । यो पनि पानीकै झर्ना हो । सूर्य उदाउँदा र अस्ताउँदा यो झर्नाको रङ्ग पनि फेरिन्छ र आगो जस्तै देखिन्छ ।

यो झरना फेब्रुअरी महिनाको अन्तिम हप्तामामात्र आगोको जस्तो देखिन्छ । किनभने यो बेला सूर्यास्त पहाड भन्दा पछाडिबाट हुने गर्छ ।

त्यसैले सूर्यको प्रकाश पानीमा आएर ठाक्किँदा पानीमा आगो जस्तै देखिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?