मानव शरीरका लागि प्रोटिन किन आवश्यक छ ? यी हुन् प्रशस्त प्रोटिन भएको खानेकुरा

काठमाडौं । प्रोटिन मानव शरीरका लागि नभई नहुने तत्व हो । यसले शरीरको कोशिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ। यो हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ । गर्भवती महिलाहरुको लाग झन् प्रोटिन अति आवश्यक हुन्छ । शिशुको निर्माण प्रक्रियामा पनि यसको अहम् भूमिका हुन्छ।
सामान्य अवस्थाको वयस्क मान्छेलाई शरीरको वजनको अनुपातमी प्रति किलो एक ग्राम प्रोटिन चाहिन्छ । भने गर्भवती र स्तनपान गराउने महिलालाई प्रतिदस १०० ग्राम प्रोटिन चाहिन्छ।

मानव शरीरमी निम्न काममा प्रोटिनको आवश्यकता हुन्छ :
-पाचन प्रणाली लाई नियमित र संयमित बनाउन
-शरीरलाई हृष्टपुष्ट र सुन्दर बनाउन
-शरीर भित्र हर्मोन र इन्जाईमहरूको निर्माण गर्न
-शरीरमी अम्ल, क्षार र पानीको मात्रा सन्तुलन गर्न
-शरीरमा कोष, तन्तुहरूको वृद्धि, विकास, पुनर्निर्माण र संरक्षण गर्न
-अन्तर्दहन क्रियाकलाप सुचारु र नियमित बनाउन
-कोषको वायुचाप नियमित राख्न आदि ।

यी खानेकुरा जसमा बढी प्रोटिन पाइन्छ :-

सिमी :- सिमि हाम्रो भान्सामा सजिलै पाइन्छ । तर कतिपयलाई यस्तो फाइदा थाहा नहुन पनि सक्छ । सिमी प्रोटिनको निकै राम्रो स्रोत हो। यसमा शरीरलाई आवश्यक फाइबर भरपूरमात्रामा पाइन्छ । सुकाइएको र हरियो सबै खालका सिमीमा प्रोटिन पाइन्छ। यसमा पर्याप्तमात्रामा भिटामिन ए, सी, के र बी ६ पाइन्छ। यो फोलिक एसिडको पनि राम्रो स्रोत हो। यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्यांगनिज, बिटा क्यारोटिन, प्रोटिन, पोटासियम र कपर पायन्छ। एक कप उमालिएको सिमीमा करिब ७ ग्राम प्रोटिन हुन्छ।

माछा : एमिनो एसिड भरपूर पाइने भएकाले माछा प्रोटिन एक राम्रो स्रोत हो । माछामा लाइसिस र थ्रियोयिन तत्व पाइन्छ। साना माछा हड्डीसमेत उपभोग गर्नाले क्याल्सियम पनि राम्रो पाइन्छ। माछामा पाइने स्याचुुरेटेड फ्याट, अधिक मात्रामा प्रोटिन र ओमेगा ३ फ्याटी एसिडका कारण यो स्वास्थ्यबद्र्धक मानिन्छ। माछामा भिटामिन, खनिजलगायत कयौं प्रकारका पोषक तत्व पाइन्छ।

अण्डा :- अण्डा खानाले शरीरका लागि आवश्यक भिटामिन र खनिज पाइन्छ । अण्डामा निकै प्रकारका पौष्टिक तत्व पाइन्छ, जसबाट भिटामिन र प्रोटिन पाइन्छ। १०० ग्राम उमालेको अण्डामा भिटामिन ए १० प्रतिशत, भिटामिन डी २१ प्रतिशत, १८ प्रतिशत भिटामिन बी १२, ५ प्रतिशत भिटामिन बी ६, म्याग्नेसियम २ प्रतिशत, आइरन ६ प्रतिशत, सोडियम १२४ मिलिग्राम, पोटासियम १२६मिलिग्राम, कोलेस्टेरोल ३७३ मिलिग्राम र प्रोटिन १३ ग्राम पाइन्छ।

पनिर र डेरी उत्पादन :- पनीर, दही, चिजजस्ता डेरी उत्पादनमा प्रोटीन भरपूरमात्रामा पाइन्छ। चिजको तुलनामा पनीर र दहीमा क्यालोरी पनि कम हुन्छ। त्यसैले यी चिज खाँदा डाइट प्लानमा कुनै फरक पर्दैन। गाइको दूूधबाट बनेको १०० ग्राम पनीरमा १८.३ ग्राम प्रोटीन हुन्छ ।

उमारिएको गेडागुडी :- गहुँ, चना, मुँग, दालजस्ता उमारिएको गेडागुुडीमा प्रोटीन निकै बढी पाइन्छ। एक कप उमारिएको अनाजमा १३ देखि १६ग्रामसम्म प्रोटिन हुन्छ। यसमा क्यालोरी कम हुने हुनाले सलादमा मिसाएर पनि खान सकिन्छ।

यसका अलावा ओखर, अन्जीर, देशी बदाम, किसमिस, काजु लगायत खानेकुरामा पनि प्रशस्त मात्रामा प्रोटिन पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?