मलेसिया-११ द्वारा क्यान-११ लाई १ सय ५८ रनको लक्ष्य

काठमाडौं । तेस्रो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा क्यान-११ लाई मलेसिया-११ ले जितका लागि १ सय ५८ रनको सामान्य लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा पहिले ब्याटिङ गरेको मलेसियाले ४३ ओभरमा ४ बलमा सबै विकेट गुमाएर मात्र १ सय ५७ रन बनायो । भुसन सेभले सर्वाधिक ३० रन बनाए ।

यस्तै, सेभेन्द्र मोगनले २८, शर्भिन मुनियाण्डिले २२, मोहमद अरिफले १७, शेद अजिजले १५ र विजय उन्नीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न क्यानका अविनास बोहराले ३ विकेट लिए । यस्तै ललित राजबंशी र कुशल मल्लले समान २-२ विकेट हात पार्दा किशोर महतो र कमल सिंह ऐरीले समान १-१ विकेट लिए ।

यस अघि सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा क्यान-११ ले १ सय ३४ रनको जित निकालेको थियो । यस्तै दोस्रो खेलमा समेत क्यान-११ ले १ सय ७० रनको फराकिलो जित हात पारेको थियो ।

आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत अमेरिका र ओमानसँगको सिरिज अघि नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । पोखरामा बन्द प्रशिक्षणमा रहेका नेपाली टिमनै क्यान-११ नामले खेल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?