यी हुन् बलात्कारीलाई ठूलो सजाय दिने देश !

काठमाडौं । संसारमा जति राम्रा मानिसहरु छन् त्यति नै खराब प्रवृत्तिका मानिसहरु पनि छन् । यसको सबैभन्दा ठूलो उदाहरण भनेकै हाम्रो देशमा हाल भईरहेका साना बालिकाहरुको बलात्कारका घटनाहरुलाई लिन सकिन्छ ।

स-साना वर्षका बच्चीहरु बलात्कार भएको घिनलाग्दा घटनाहरु अहिले भईरहेको कुरा त हामीलाई थाहा नै छ । तर बलात्कारीलाई कुन देशमा कस्तो सजाय हुन्छ ? आज हामी यो बारेमा जानकारी दिनेछौँ ।

फ्रान्सको कुरा गर्ने हो भने, फ्रान्समा बलात्कारीहरुलाई १५ वर्षको जेलको सजाय दिने गरिन्छ । साथै पीडितलाई पुर्याएको नोक्सानका आधारमा बलात्कारीलाई ३० वर्ष सम्मको जेल सजाय दिने गरिन्छ ।

नेदरल्याण्डमा बिना सहमति एक किस वा कुनै यौन उत्पीडनको कुनै पनि घटना गरेमा त्यो व्यक्तिलाई बलात्कारी घोषित गरिन्छ ।

साथै बलात्कारीलाई उमेरका आधारमा ४ देखि १५ वर्ष सम्मको जेल सजाय दिने गरिन्छ । यति सम्मकी बिना सहमति वेश्यालाई यौन उत्पीडन हुने खालको काम गरे पनि त्यस व्यक्तिलाई ४ वर्षको जेल सजाय दिने नियम रहेको छ । तर अधिकांश देशहरुमा भने वेश्यामाथि यौन उत्पीडन भएको खण्डमा बेवास्थ ागर्ने गरिन्छ ।

चीनमा बलात्कारीलाई सिधै मृत्युदण्ड दिने नियम छ । तर कोही बलात्कारीलाई भने नाङ्गै बनाएर घुमाइने गरिन्छ ।
इरानमा एक बलात्कारीलाई कि मृत्युदण्ड दिइन्छ कि त सार्वजनिक रुपमा मार्ने गरिन्छ ।

तर पीडितले चाहेको खण्डमा भने बलात्कारी बाँच्न सक्छ । तर त्यो बलात्कारीले सय वर्षको आजिवन कारावासको सजाय भोग्नुपर्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?