सेनामा चार जना सहायकरथीमा बढुवा

माघ १०,सरकारले नेपाली सेनाका चार जना महासेनानीलाई सहायकरथीमा बढुवा गरेको छ।मन्त्रिपरिषदको बुधवार बसेको बैठकले सैनिक मुख्यालयको सिफारीसमा सेनाका चार जना महासेनानीलाई सहायकरथीमा बढुवा गरेको होसरकारले महासेनानीहरु विनयविक्रम राणा,मिनध्वज खड्का,बावुराम श्रेष्ठ र सुरजबावा सुनुवारलाई सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा भएका राणा हाल चीनमा र श्रेष्ठ पाकिस्तानमा एनडिसी तालिम गर्दैछन् । बढुवामा परेका चारै जना २६ बेसिकका सैनिक अधिकृत हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?