काठमाडौं । एपीएफ क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । विभागीय डर्बीमा एपीएफले पुलिसमाथि २५-१५, २५-१६ र २५-२२ को सेटमा जित निकाल्यो ।
एपीएफले अब उपाधिका लागि न्यू डायमण्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया