कहिल्यै १२ नबज्ने घडि !

काठमाडौं । तपाईहरुले प्रत्येक घडिमा १२ बजेको देख्नुभएको होला । १२ अंकलाई अशुभ मान्ने पनि गरिन्छ । हामीले प्रयोग गर्ने प्रत्येक घडिमा १२ अंक हुन्छ नै । तर संसारमा एउटा यस्तो घडि छ, जुन घडिमा कहिल्यै १२ बज्दैन । यो घडि स्वीजरल्याण्डको सोलोर्थन शहरमा छ ।

त्यहाँको टाउन स्क्वेयरमा यो घडि राखिएको छ । तर त्यो घडिमा घडीमा जम्मा ११ अंक मात्र छन् । त्यो घडिमा १२ अंक नै छैन । त्यहाँ राखिएका अन्य केहि घडिमा पनि १२ बज्दैन ।

यो शहरमा बस्ने मानिसहरु ११ अंकलाई शुभ मान्ने गर्छन् । त्यहाँ बन्ने अधिकांश चिजहरु ११ नम्बरको डिजाइनमा नै बनाइन्छ ।

यतिसम्मकी यो शहरमा चर्च तथा बजारहरु पनि ११ वटा मात्र छन् । साथै यो शहरमा रहेका संग्रहालय तथा टावरहरु पनि ११ वटा छन् ।

त्यहाँ रहेको एउटा ठूलो चर्चमा पनि ११ नम्बरलाई धेरै महत्व दिने गरिन्छ । किनभने त्यो चर्च पनि ११ वर्ष लगाएरै निर्माण गरिएको थियो ।

त्यो चर्चमा भर्याङका ३ वटा सेट छन् जसमा प्रत्येक सेटमा ११ ११ वटा सेट छन् । साथै चर्चमा ११ वटा ढोका र ११ वटै घन्टी छन् ।

साथै त्यहाँका मनिसहरु आफ्नो ११ औँ जन्मदिनलाई एकदम भव्इ तरिकाले मनाउँने गर्छन् । जन्मदिन अथवा बिभिन्न समारोहमा दिइने गिफ्टहरु पनि ११ औँ नम्बरका नै हुन्छन् ।

यो सबैको पछाडि उनीहरुको एउटा पुरानो मान्यता छ । पहिलाको समयमा सोलोर्थनका मानिसहरु एकदमै मेहनत गर्दथे । तर मेहेनत गरेपनि उनीहरु खुसी र सुखी बन्न सकेका थिएनन् । केहि समय पछि त्यहाँको पहाडबाट एल्फ आउँन थाल्यो र त्यहाँका मानिसहरुको बिचल्ली भयो ।

एल्फको अर्थ जर्मन भाषामा ११ भन्ने हुन्छ । एल्फको बारेमा जर्मनीको पौराणिक कहानी सुन्न पाइन्छ । यो कहानीका अनुसार एल्फसँग अत्यधिक शक्ति हुन्छ ।

त्यसैले सोलोर्थनका मानिसहरु एल्फलाई ११ नम्बरसँग जोड्न थाले । त्यो बेला देखि त्यहाँका मानिसहरु ११ नम्बरलाई लक्की नम्बरका रुपमा हेर्ने गर्छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?