भक्तपुर दुर्घटनामा स्कुटर चालकको मृत्यु

भक्तपुर, ११ माघ । भक्तपुरमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भक्तपुरको जगातीबाट बनेपातर्फ जाँदै गरेको बा ६८ प ४४७१ नं को स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ५९१९ नंको मालबाहक ट्रकले सूर्यविनायक नगरपालिका–९ नलिनचोकमा ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ का ३९ वर्षीय प्रकाश मानन्धरको मृत्यु भएको हो दुर्घटनामा घाइते मानन्धरलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा गएराति मृत्युभएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताए । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?