अनौठो तरिकाबाट पढाइने संसारका ५ अनौठा स्कुल

काठमाडौं । जब अध्ययनको कुरा आउँछ तब स्कुललाई हामी चाहेर पनि भुल्न सक्दैनौँ । स्कुल सिम्झने बित्तिकै हाम्रो दिमागमा बोझले भरिएको बच्चाको याद आउँछ । तर आज हामी तपाईहरुलाई संसारका यस्ता स्कुलको बारेमा जानकारी दिँदैछौँ, जहाँ अध्ययनको लागि अनौठा तरिका अपनाउने गरिन्छ ।

१. मकोको फ्लोटिङ्ग स्कुल

केहि ठाउँहरुमा गाउँमा स्कुल नहुने तथा टाढा हुनेका कारण बच्चाहरु पढ्न जान सक्दैनन् । तर नाइजेरियामा यो समस्या समाधान गर्नको लागि नयाँ तरिका अपानाइएको छ ।

नाइजेरियामा एउटा यस्तो स्कुल खोलेका छ,जो स्कुल पानीमा तैरिन्छ । खाली ठाउँ नभएका कारणले नाइजेरीयामा पानी माथि स्कुल बनाइएको हो । यो स्कुल पानी माथि तैरिरहन्छ र पानीको मात्रा घटबड हुँदा पनि केहि असर पदैन ।

२. द स्कुल अफ सिलिकन भ्याली

यो स्कुलमा बच्चाहरुलाई यस्तो तरिकाबाट पढाइन्छ कि त्यो बारेमा थाहा पाउँनासाथ अधिकांश बच्चाहरु त्यहि पढ्ने आश गर्छन् ।

त्यहाँ बच्चाहरुलाई पढ्नको लागि उच्च स्तरको टेक्नीकल तरिका अपनाइन्छ । बच्चाहरुलाई स्कुलमा आई प्याड,थ्री डी मोडलिङ्ग र संगीतको माध्यामबाट पढाइन्छ ।

३. द केव स्कुल

चीनमा रहेको यो स्कुलमा संसारका अन्य स्कुलको भन्दा फरक तरिकाले अध्ययन गराइन्थ्यो । यो स्कुल प्राकृतिक गुफाभित्र छ । यो स्कुल सन् १९८४ मा बनाइएको थियो ।

त्यहाँ यस्तो बच्चालाई मात्र शिक्षा दिइन्थ्यो, जो बच्चा स्कुल जान सक्दैन थिए । तर सन् २०११ म चीनले यो स्कुल बन्द गरिदियो ।

४. सडबरी स्कुल

विश्वमा एउटा यस्तो एउटा स्कुल छ,जहाँ विद्यार्थी आफैँले आफ्नो टाइम टेबल बनाउँनु पर्छ । अमेरिकामा रहेको यो अनौठो स्कुलमा बच्चाहरु कुन दिन के पढने भनेर आफैले टाइम मिलाउँने गर्छन् ।

साथै बच्चाहरुले आफ्ना शिक्षकहरुले कुन तरिकाबाट पढाउने भन्ने कुरा पनि उनीहरुले नै बताउँछन् ।

५. द कार्पे डियम स्कुल

यो स्कुलको कक्षाकोठा जम्मा ३ सय क्युबिकल क्षेत्रफलमा बनेको छ । विद्यालयले सबै कक्षाकोठा अफिसको जस्तै तरिकाले सञ्चालन गर्छ ।

किनभने विद्यालयले कार्यालयको जस्तै तरिकाले बच्चाहरुले सबै कुरा सिक्न सकुन् । साथै बच्चाहरुलाई केहि समस्या नपरोस् ।

यदि समस्या आईहाले पनि चाँडै अफिसमा भएका मानिसले उनीहरुको समस्या समाधान गर्न सकुन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?