सेनामा चार जना सहायकरथीमा बढुवा

काठमाडौँ, १० माघ- सरकारले नेपाली सेनाका चार जना महासेनानीलाई सहायकरथीमा बढुवा गरेको छ।मन्त्रिपरिषदको बुधवार बसेको बैठकले सैनिक मुख्यालयको सिफारीसमा सेनाका चार जना महासेनानीलाई सहायकरथीमा बढुवा गरेको होसरकारले महासेनानीहरु विनयविक्रम राणा,मिनध्वज खड्का,बावुराम श्रेष्ठ र सुरजबावा सुनुवारलाई सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा भएका राणा हाल चीनमा र श्रेष्ठ पाकिस्तानमा एनडिसी तालिम गर्दैछन् । बढुवामा परेका चारै जना २६ बेसिकका सैनिक अधिकृत हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?