आफ्नै आमामाथि खुकुरी प्रहार

सुनसरी । सुनसरीको इटहरी–२ स्थित छोराले आफ्नै आमामाथि खुकुरी प्रहार गरेका छन् । गए राति १० बजेको समयमा १८ वर्षीय पारस कार्कीले आमालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

घरमा बसिरहेको अवस्थामा ३६ बर्षीया कबिता कार्कीलाई पारसले खुकुरीले शरीरको बिभिन्न भागमा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।

घाईते कविताको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । आमा माथी खुकुरी प्रहार गर्ने कार्कीलाई खुकुरी सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?