सुन चाँदी बजारमा उतारचढाव, मूल्य के भयो आज?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ७४ हजार ८ सय रहेको थियो । तर आज तोलामा २ सयले बृद्धि भइ प्रतितोला सुनको मूल्य ७५ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै आज तेजावी सुनको मूल्य ७४ हजार ७ सय कायम भएको छ ।

आज बुधवारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो भने आज मूल्य बृद्धि भइ ८ सय ८५ कायम भइ कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?