एउटा वर्गरको पर्छ ८० लाख !

काठमाडौं । फास्ट फुड खाने मानिसहरुलाई बर्गर पक्कै पनि मन पर्छ होला । आजभोली बजारमा नयाँ-नयाँ फुडहरु फरक-फरक भेराइटीमा पाइन्छन् ।

त्यसैले बर्गर लगायतका फुडहरुको ठाउँ अनुसार मूल्य फरक-फरक हुने गर्छ । एउटा वर्गर खानको लागि तपाईले धेरैमा ३ सय सम्म पैसा तिर्नु भएको होला । तर भेनेजुयलामा एउटा वर्गर खाएको ८० लाख रुपैयाँ तिर्नु पर्छ ।

भेनेजुयलामा आर्थिक संकटका कारण दैनिक जीवनमा प्रयोग हुने सामानहरुको मूल्यले आकाश छोएको हो । भेनेजुयलाको अर्थव्यवस्था यसबेला अत्यन्तै धर्मराएको छ ।

त्यसैले त्यहाँका मानिसहरु आर्थिक संकटका कारण भेनेजुयला छोडेर अर्काे देशमा बसाई सरिरहेका छन् ।

भेनेजुयलाका नागरिकहरु आर्थिक संकटका कारण त्रिनिदाद र टोब्यागमा शरणार्थीको रुपमा गईरहेका छन् । तर ति देशहरु पनि धेरै शरणार्थीहरु राख्न सक्ने क्षमताका छैनन् ।

सन् १९५० देखि सन् १९८० को बीचमा भेनेजुयलाको आर्थिक अवस्था सुदृढ थियो । भेनेजुयलामा तेलको खानी पनि छ ।

तर तेलको मूल्यमा आउने उतारचढावले भेनेजुयलाको मुद्रा शंकट बढ्नुका साथै देशको गलत नीतिका कारण आर्थिक अवस्था नाजुक भएको हो ।

साथै अर्काे कारण भनेको अमेरिका तथा युरोपका केहि देशहरुले भेनेजुयलाबाट तेल किन्न प्रतिबन्ध लगाउँनाले पनि भेनेजुयलाको आर्थिक स्थिति शंकटमा परेको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?