ए डिभिजिन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । शहिद स्मारक ए डिभिजिन लिगमा आज दुई खेल हुँदैछ । लिगको ५१ औं खेलमा ललितपुरको थ्री स्टार र हिमालयन शेर्पा क्लब आमने सामने हुँदैछन् । दशरथ रंगशालामा खेल १२ बजे सुरु हुनेछ ।

सात खेलबाट शेर्पाले १ जित ४ हार र ३ बराबरीको नतिजा सहित ७ अंक जोडेको छ । शेर्पा तालिकाको ११ औं स्थानमा छ । थ्री स्टार ३ जित, २ बराबरी र दुई हार सहित ११ अंक जोडेर तालिकाको पाचौं स्थानमा छ ।

त्यस्तै, एपीएफले बिहीबार लिगको ५२ औं खेलमा जावलाखेल युथ क्लबको सामना गर्दैछ । खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ ।एपीएफ १ जित २ बराबरी र ४ हार सहित ५ अंक जोडेर तालिकाको १३ औं स्थानमा छ ।

जावलाखेल २ जित, ३ बराबरी र २ हारको नतिजा सहित ९ अंक जोडेर तालिकाको आठौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?