युनियनइस्टासलाई पराजित गर्दै रियल कोपा डेल रे फुटबलको अन्तिम १६ मा

काठमाडौं । रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब युनियनइस्टासलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल अन्तिम १६ मा पुगेको हो ।खेलको १८ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा अल्भारो रोमेरोले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ६२ औं मिनेटमा घरेलु टोलीका जुवान गोङ्गोराले आत्मघाती गोल गर्दा रियल २-१ ले अघि रह्यो । त्यसपछि खेलको ९० औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?