विवाह अनुदान माग्दै गाउँपालिका घेराउ

नेपालगन्ज, ११ माघ-बाटो र पुल निर्माण भए/नभए पनि केही छैन तर गाउँपालिकाका सबै छोरीको विवाहका लागि गाउँपालिकाले अनुदान रकम दिनुपर्ने माग राख्दै स्थानीयले गाउँपालिका कार्यालय घेराउ गरेका छन् । बाँकेको जानकी गाउँपालिकामा विकास निर्माणका लागि आएको रकम छोरीको विवाहका लागि अनुदान दिनुपर्ने माग गर्दै स्थानीयद्वारा गाउँपालिकाको कार्यालय घेराउ गरिएको हो सो गाउँपालिकाका स्थानीय रामदेव मिश्रको नेतृत्वमा गाउँपालिकाका ६ वटै वडाका स्थानीयले छोरीको विवाहका लागि अनुदान रकम लिन विवाह दर्ता, नागरिकता र जन्मदर्ताको प्रमाणपत्र बोकेर गाउँपालिका कार्यालय पुगेका थिए उनीहरूले गाउँपालिकाले विकास निर्माणको रकम अनुदानमा दिन नमिल्ने जानकारी गाउँपालिका पुगेपछि मात्रै जानकारी पाएपछि केहीबेर अन्योलमा परेका थिए ।गाउँपालिका परिसरमा भेटिएका रामदेवले विकास हरेक वर्ष गरे पनि हुने तर गाउँपालिकामा बस्ने स्थानीयको छोरीको विवाहका लागि अनिवार्य रूपले अनुदान दिनुपर्ने बताए, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?