एप्पलले सस्तो मूल्यमा आइफोन बजारमा ल्याउँदै

काठमाडौं । आईफोन निर्माता कम्पनी एप्पलले अत्यन्तै कम मूल्यका आईफोनहरु बजारमा ल्याउने भएको छ । कम्पनीले केही महिनाअघिबाट २०२० मा त्यस किसिमको फोनहरु बजारमा ल्याउने संकेत बजारमा दिएको थियो । जस अनुसार नै यस वर्षको मार्च महिनामा एक सस्तो आईफोन ‘आईफोन एसई २’ वा ‘आईफोन ९’ बजारमा ल्याउने सम्भावना बलियो रहेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएको छ ।

आफूसँग ब्लूमबर्गले विश्वास गर्ने अझ बढी आधारहरु बन्दै गएका कुरा उल्लेख गर्दै आईफोनको उत्पादकले यसको ठूलो उत्पादन अर्को महिना भन्दा चाँडो नै सुरु हुन गर्न सक्ने कम्पनीले जनाएको छ । ब्लूमबर्गले रिपोर्टमा एप्पलले कम लागतको आईफोन मार्चको शुरुवातमा नै सार्वजनिक गर्ने उल्लेख गरेको छ। त्यसको लागी ठूलो उत्पादन फेब्रुअरीमा नै सुरु हुने अपेक्षा गरिएको छ। रिपोर्टले आईफोनको निर्माणको काम फोक्सकन, पेगाट्रन र विस्ट्रोन जस्ता कम्पनीले विभाजित गरेर पुरा गर्ने अनुमान गरेको छ ।

तर रिपोर्टले भने यसको मूल्य कति हुन्छ र त्यसमा केके बिशेषता हुन्छन् भन्ने कुरा त खुलाएको छैन । साथै अघिल्लो रिपोर्ट अनुसार आईफोन ९ वा आईफोन एसई २ लाई ए १३ बायोनिक चिपसेटद्वारा संचालित गर्ने र अनुहारबाट प्रयोगकर्ता चिन्ने ९फेस रिकोनाइज० फिचर सहितको हुने जनाइएको छ ।

साथै यसमा आइफोन ८ भन्दा ठुलो डिस्प्ले हुने हुने अनुमान विश्लेषकहरुको रहेको छ । साथै यसमा ५।४ इन्चको डिस्प्ले हुनेछ। एप्पल आईफोन ८ मा ४।७ इन्चको एलसीडी डिस्प्ले राखिएको छ। रिपोर्टमा भनिएको छ, नयाँ आईफोनमा आईफोन ८ मा भएको भन्दा सुधारिएको क्यामेराको सुविधा प्रदान हुनेछ। साथसाथै एलईडी फ्ल्यास पनि अपडेट हुनेछ।

उक्त आईफोनमा लिक्विड क्रिस्टल पाल्मर एन्टेना डिजाइन हुनसक्ने एप्पल विश्लेषकहरुको भनाइ रहेको छ । उनीहरुको अनुसार वायरलेस ट्रान्समिशनमा सुधार हुनेछ। एपलले बजारमा ल्याउन लागेको उक्त फोनको शुरुको मूल्य ४०० अमेरिकी डलर हुने अनुमान गरिएको छ। साथै बजारमा विभिन्न रङ्गहरुमा फोनहरु उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?