सिमेन्ट–डन्डी ठगी, १२० रुपैयाँ वृद्धि गरेर , २२ रुपैयाँ घटाइयो

काठमाडौं, ११ माघ- अस्वाभाविक रूपमा १५ दिनमा पाँचपटकसम्म मूल्य वृद्धि गरेका सिमेन्ट उद्योगीलाई सरकारले कारबाहीका लागि चासो नदेखाएपछि उद्योगीहरूले मनोमानी शुल्क घटाएको घोषणा गर्न थालेका छन् । १५ दिनको अवधिमा प्रतिबोरा १२० रुपैयाँ मूल्य बढाएको शिवम् सिमेन्टले सरकारलाई पत्र लेख्दै २२ रुपैयाँ मूल्य घटाएको बताएको छ मूल्य वृद्धि गरेको जानकारी नगराउने उद्योगीहरूले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन थालेपछि कारबाहीबाट बच्न बढाएको मूल्यको सानो अंश घटाएको जानकारी गराएको हो । सिमेन्ट उद्योगीले प्रतिबोरा सिमेन्टको मूल्य २२ रुपैयाँ मात्रै घटाएकोमा उपभोक्ता अधिकारकर्मीहरूले आपत्ति व्यक्त गर्दै सिमेन्ट उद्योगीले ठगीको अर्को प्रपञ्च सुरु गरेको बताएका छन्, राजधानी दैनिकमा खबर छ सिमेन्ट उद्योगीहरूले सिमेन्टमा प्रतिबोरा १७ प्रतिशतसम्म मूल्य बढाएका छन् । मंसिर अन्तिम साता प्रतिबोरा ७९० रुपैयाँका दरले रहेको सिवम् सिमेन्टको मूल्य पछिल्लो समय प्रतिबोरा ९१० रुपैयाँ पुगेको थियो । बुधबारबाट २२ रुपैयाँका दरले मूल्य घटेसँगै सिवम् सिमेन्टको मूल्य प्रतिबोरा ८८८ रुपैयाँ पुगेको छ सिवम् सिमेन्टले २२ रुपैयाँ मात्रै मूल्य घटाए पनि अन्य सिमेन्ट र डन्डीमा रहेको ठगी भने उस्तै छ । मारुती सिमेन्टले ७८० रुपैयाँ प्रतिबोराबाट मूल्य वृद्धि गर्दै ८३० रुपैयाँ पु¥याएको छ । त्यस्तै, निर्माण सिमेन्टले प्रतिबोरा ६४० रुपैयाँबाट मूल्य वृद्धि गर्दै ७२० रुपैयाँ प्रतिबोरा पु¥याएको छ त्यस्तै, अग्नि सिमेन्टले ६५५ रुपैयाँ प्रतिबोराबाट मूल्य वृद्धि गर्दै ७२४ रुपैयाँ पु¥याएको छ । त्यसैगरी, हेटौंडा सिमेन्टले प्रतिबोरा ७९५ बाट ८९८ रुपैयाँ प्रतिबोरा पु¥याएको छ । त्यस्तै, शालीमार सिमेन्टले ७५० रुपैयाँ प्रतिबोराबाट मूल्य वृद्धि गर्दै ८७० रुपैयाँ पु¥याएको छ । त्यस्तै, अम्बे सिमेन्टले प्रतिबोरा ६५० रुपैयाँबाट मूल्य वृद्धि गर्दै ७६० पु¥याएको छ प्रतिकिलो १० रुपैयाँसम्म मूल्य बढाएका डन्डी उद्योगहरूले भने मूल्य घटाएको सम्बन्धमा विभागलाई कुनै पनि जानकारी नगराएको विभागका अधिकारीहरूको भनाइ छ । उनीहरूलाई निगरानीमा राखिने र पुनः अनुमगन जारी रहने विभागको भनाइ छ आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सिमेन्टको मूल्य नघटाउने उद्योगलाई कारर्बाही गर्ने बताए पनि यसको प्रक्रिया भने सुरु भएको छैन ।उनले तीन दिनभित्र मूल्य घटाउन अल्टिमेटम दिएको बताए पनि त्यस अवधिमा नघटाउने उद्योगीलाई कस्तो कारबाही हुने भन्ने विषय भने खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?