यी हुन् ७ प्रदेशका मुख्यसचिव

काठमाडौँ, ११ माघ- सरकारले सातवटै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले साबिकका पाँच क्षेत्रीय प्रशासकलाई सम्बन्धित प्रदेशको प्रमुख सचिव नियुक्त गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव यादव कोइरालालाई प्रदेश २ को प्रमुख सचिवमा नियुक्त गरिएको छ भने राष्ट्रिय सूचना आयोगका सचिव शंकर पाठकलाई प्रदेश ५ को प्रमुख सचिवमा नियुक्त गरिएको छ यस्तै प्रदेश १ मा राजेश्वरमान सिंह, प्रदेश ३ मा रेश्मीराज पाण्डे,प्रदेश ४ मा लक्ष्मण अर्याल, प्रदेश ६ मा सुरेश प्रधान र प्रदेश ७ मा लक्ष्मीराम पौडेललाई प्रमुख सचिवमा नियुक्त गरिएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?