महिलाले प्रेगनेन्ट बच्चीलाई जन्म दिएपछि… !

काठमाडौं । महिलाले एकै पटकमा धेरै बच्चाहरु जन्माएको खबर हामीले सुनेका र पढेका नै छौँ । तर एक आमाले प्रेगनेन्ट बच्चालाई जन्म दिएको कुरा सुन्दा तपाईलाई कस्तो लाग्छ ? यो कुरा पत्याउन गाह्रो छ तर यथार्थ हो ।

यो घटना कोलम्बियाको हो । जहाँ एक यस्ती बच्चा जन्मीएकी छिन् जो आमाको गर्भबाट जन्मिए लगत्तै आमा बनिन् । उक्त बच्चीको जिन्दगी खतरामा रहेको कारणले डाक्टरले उनी जन्मना साथ अप्रेशन गरेर बच्चीलाई बँचाएका थिए ।

डाक्टरका अनुसार यो दुर्लभ रोगहरु मध्येको एक रोग हो । इत्जामरा नाम गरेकी ति बच्चीले एक अविकसित भ्रुणलाई आमाको कोखमा हुँदै अवशोषित गरेकी थिइन् ।

उनकी आमा मोनिकाले उक्त बच्चीलाई जन्म दिनु पहिला नै डाक्टरहरुले अल्ट्रासाउन्डको सहायताले पेटमा भएकी बच्ची गर्भवति रहेको पत्ता लगाएका थिए ।

डाक्टरहरुका अनुसार अहिले उक्त बच्चीको स्वास्थ्य राम्रो रहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?