काठमाडौँ, ११ माघ- एमालेबाट उम्मेदवारी दर्ता गरेका २९ मध्ये ३ जना मात्र पूर्वसांसद छन् । बाँकी २६ जनाले पहिलोपटक राष्ट्रिय सभाका लागि टिकट पाएका हुन् प्रदेश १ बाट उम्मेदवारी दिएकामध्ये परशुमेघी गुरुङबाहेक नैनकला ओझा, खेम नेपाली, हरिचरण सिवाकोटी र अगम बान्तवाले पहिलोपटक अवसर पाएका हुन् । गुरुङ भने एकपटक संखुवासभाबाट सांसद भइसकेका छन् त्यस्तै, प्रदेश २ बाट सुमन प्याकुरेल, ३ बाट पार्वती रावल, उदया शर्मा, सिंहबहादुर विक, बलराम बास्कोटा र रामचन्द्र राई दनुवारले पहिलोपटक राष्ट्रिय सभामा टिकट पाएका छन् । बेदुराम भुसाल भने एकपटक राष्ट्रिय सभामै निर्वाचित भएका थिए त्यस्तै, प्रदेश ४ मा रामबहादुर थापा, गणेश तिमिल्सिना, शान्ति अधिकारी, दीपा गुरुङले पनि राष्ट्रिय सभामा पहिलोपटक अवसर पाएका छन् । प्रदेश नं. ५ बाट रामलखन हरिजन, खिमलाल भट्टराई, मीना बुढा, कोमल वली, प्रदेश नम्बर ६ बाट कविता बोगटी, नन्दा शर्मा, नरपति लोहार, भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्र पुरीले पहिलोपटक अवसर पाएका छन् प्रदेश नम्बर ७ बाट कमला ओली, इन्दु कडेरिया विष्ट, चक्रप्रसाद स्नेहीले पहिलोपटक अवसर पाएका छन् । ७ बाटै अवसर पाएका शेरबहादुर कुँवर भने पहिलो संविधानसभा निर्वाचनमा अछामबाट निर्वाचित भएका थिए, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया