नाकमा दाँत पलाएपछि…

काठमाडौं ।  एकजना यस्ता व्यक्ति छन् , जसको दाँत नाकमा छ । यो अनौठो घटना चीनको हो ।

चीनका एक युवकको नाकमा दाँत आएको छ । जसका कारण उनलाई श्वास प्रश्वासमा अफ्ठ्यारो भएको छ । जब उक्त युवकले डाक्टरलाई यो बारेमा भने तब डाक्टर नै अचम्ममा परे । पछि डाक्टरले एक्स रे गरे ।

डाक्टरले उनलाई श्वास लिन असहज भएको कारण नाकमा दाँत पलाउँनु नै भएको बताएका छन् । उक्त पीडित युवकको नाम हो झांग बिन्सेन्ग ।

उनलाई तीन महिनादेखि नाबाट श्वास फेर्न अहसहज भएको छ । डाक्टरले उनको नाकको नलीमा दाँत पलाएको बताएका छन् ।

डाक्टरका अनुसार एक दुर्घटनाका कारण उनको नाकमा दाँत आएको बताएका छन् । झांग १० वर्षको हुँदा उनी महलको तेश्रो तलाबाट खसेका थिए ।

त्यो बेला उनको दुइृवटा दाँत भाँचिएका थिए । तर एउटाको मात्र उपचार गएिको थियो । डाक्टरका अनुसार जरैसँग उखेल्नु पर्ने दाँतलाई भाँचिएपछि त्यत्तिकै छोडिदिँदा अहिले बढ्दै गएको हो ।

तर अहिले भने ३० वर्षीय झाँगको दाँत नाकबाट आधा घन्टा लामो समयको सर्जरी पछि डाक्टरले निकालिदिएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?