ग्लोबल आइएमई बैंकको नयाँ शाखा बर्दियामा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसैक्रममा बैंकले प्रदेश नं ५  स्थित बर्दियाको गुलरीया नगरपालिका वडा नं. ६ जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

पूँजीको आधारमा सबैभन्दा ठुलो मानिएको ग्लोबलले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

ग्राहकहरुलाई २६७ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । त्यस्तै बैंकले ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालय स्थापना गरिसकेको बैंकले जनाएको छ । देशका विभिन्न भागमा बैंकिङ्ग सेवा विस्तार गरि आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले माघ ६ गते सोमबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?