कुकुरको निधारमा पुच्छर निस्किएपछि…

काठमाडौं । संसारमा बिभिन्न अचम्मका खबरहरु देख्न र सुन्न पाइन्छ । अमेरिकाको मिसौरीमा यस्तै एउटा घटना भएको छ । जहाँ कुकुरको एउटा बच्चाको निधारमा पुच्छर आएको छ ।

कुकुरको त्यो बच्चा अमेरिकाको मिसौरीस्थित सडकमा भेटिएको थियो । बचाउँ अभियान कर्ताहरुले कुकुरलाई त्यहाँबाट लिएर गएका थिए ।

उक्त कुकुरको नाम नरवाल रहेको छ । यो कुकुर दश महिनाको भएको छ । कुकुरको रेखदेख गर्ने संस्थापक रोशेल स्टीफनले यसलाई जादुई जीव भनेका छन् ।

उनले नरवाललाई भेटेर आफू खुसी भएको पनि बताएका छन् । निधारमा आएको पुच्छर हेर्नलाई मानिसहरुको भीड लाग्ने गरेको छ । साथै सेल्फी खिच्नका लागि मानिसहरु मरिहत्ते गरिरहेका छन् ।

कुकुरको निधारमा पुच्छर आएपछि त्यसलाई अस्पताल लगिएको छ । साथै कुकुरको एक्स-रे पनि गराइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?