२०७८,जेष्ठ,१,शनिवार

श्रीमानले ननुहाएको भन्दै पत्नीले डिभोर्स मागेपछि…


काठमाडौं । भारतको विहारस्थित वैशाली जिल्लाकी एक महिलाले आफ्ना पतिले ननुहाएकै कारण पतिसँग
सम्बन्धविच्छेद मागेकी छन् ।

वैशालीमा बस्ने २० वर्षीया सोनी रामले आफ्ना श्रीमान २३ वर्षीय मनिष राम हरेक दिन ब्रश नगर्ने तथा ननुहाउने गरेकै कारण सम्बन्धविच्छेद मागेकी हुन् ।

विहारको महिला आयोगमा उजुरी पुगेपछि आयोगले मनिष रामलाई आफ्नो बानी सुधार्नका लागि दुई महिनाको समय दिएको छ । यदि दुई महिनासम्म पनि मनिषले बानी नसुधारे आयोगले उनीविरुद्ध उचित कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

आयोगकी अध्यक्ष दिलमणि मिश्रले सोनीले पतिबाट सम्बन्धविच्छेदको लागि अनुरोध गरेको बताएकी छिन् ।

मनिषसँग सन् २०१७ उनीहरुको विवाह थियो । मनीष पलम्बरको काम गर्छन् । ननुहाएकाले पतिको शरीरबाट गन्ध आउने गरेको आरोप लगाउँदै उनले उजुरी दर्ता गरेकी थिइन् ।

उनले भनिन् ‘मनिषले न त ब्रश गर्छ न त नुहाउँछ नै,’ ‘१० दिनमा एकदिन उसले नुहाउँछ । साथै पतिको जस्तो व्यवहार पनि गर्दैन।’

सोनीले पतिसँग कुनै पनि सर्तमा आफू बस्न नचाहेको बताएकी छिन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,९,बिहीवार २१:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

कुहिने फोहोरबाट मल उत्पादन
 २०७८,जेष्ठ,१,शनिवार १०:४७