४ सय ४४ किलोका हयात विवाहका लागि सय किलोकी महिला खोज्दै

काठमाडौं । २७ वर्षीया पाकिस्तानी वेटलिफ्टर आफ्नो भीमकाय शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् ।

४ सय ४४ केजीका वेटलिफ्टर आफ्नी दुलही कम्तीमा पनि सय किलोको चाहन्छन् । तर उनले त्यस्ती युवती नपाउँदा अहिलेसम्म तीन सय प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

खैबर पख्तूनख्वा प्रदेशमा पर्ने मरदानमा बसोबास गर्ने अरबाब खिजर हयात आफ्नो वजनका कारण विवाह हुन नसक्दा हैरान छन् ।

हयातलाईमात्र होइन उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने लाग्छ । परिवारको विचारमा दुलाहा दुलहीबीच धेरै भिन्नता भयो भने जोडी जम्दैन ।

परिवारले अरबाबकी दुलहीको उचाई पनि ६ फिट चार इन्च होस् भन्ने चाहन्छ । हयातको उचाई ६ फिट ६ इन्च छ ।

यस अतिरिक्त, युवती राम्रो खाना बनाउने हुनुपर्छ । हयातले दैनिक हजार क्यारोरी भएको खाना खान्छन् । उनी दैनिक ३६ वटा त अण्डा खान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?