मनाङे पनि मतदाता !

काठमाडौँ, ११ माघ- ज्यानमुद्दामा सर्वोच्चबाट ५ वर्ष कैद फैसला भएका मनाङबाट निर्वाचित दीपक मनाङे भनिने राजीव गुरुङको नाम पनि मतदाता सूचीमा कायम छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको मतदाताको अन्तिम नामावलीमा उनको मतदाता नम्बर १०७६०६७९ उल्लेख छ । तर उनले शपथ लिएका छैनन् । मतदान गर्नुअघिसम्म शपथ लिन सक्ने अवस्था रहने भएकाले अन्तिम नामावलीमा नाम प्रकाशन गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए । ‘अदालतबाट निर्वाचन आयोगमा गुरुङबारे केही जानकारी आएको रहेनछ,’ उनले भने । कान्तिपुरमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?