धादिङमा रेफ्रि र खेलाडीबीच झडप : १ जनाको मृत्यु, १ गम्भीर घाइते

धादिङ । धादिङमा फुटवल खेलका रेफ्रि र खेलाडीबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । खनियावास गाउँपालिका-४ दार्खामा स्थानीय गुराँस युवा क्लबले फुटबल आयोजना गरेको थियो । बुधबारको लागि फाइनल खेल तय भएको थियो ।

झडपको क्रममा प्रेसर कुकर, फलामे ढुङग्रो र रडलगायतका वस्तु प्रहार गर्दा स्थानीय शान्त तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राती अबेरसम्मसँग बसेका युवाको समूहबीच झडप भएको स्थानीयले जनाएका छन् । मृतक तामाङ यसअघि नै कर्तव्य ज्यान मुद्धामा जेल सजाय काटेर निस्किएका व्यक्ति भएको स्थानीयले बताएका छन् ।

झडपमा परी रविन तामाङ गम्भिर घाइते भएका छन् । उनलाइ जिल्ला अस्पताल धादिङमा प्राथमिक उपचारपछि बुधबार दिउँसो १ बजे काठमाडौं पठाइएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले राम तामाङ र रोशन तामाङलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई समूहबीच पुरानो रिसिबिका कारण झडप भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?