ट्राफिक प्रहरीविरुद्ध किन खनिए यातायात व्यवसायी ?

गगन अयडी धनगढी, माग १०–सडक दुर्घटनामा चालकलाई मात्र दोषि देखाउने प्रवृत्ति हाबी भएको भन्दै धनगढीका यातायात व्यावसायी ट्राफिक प्रहरीमाथी खनिएका छन् सुदूरपश्चिम यातायात व्यवसायी समिति र क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको संयुक्त आयोजनामा आज धनगढीमा सञ्चालन गरिएको दुर्घटना न्युनिकरण तथा सचेतिकरण कार्यक्रममा सहभागी व्यावसायीले दुर्घटनामा चालकलाई मात्र दोषि देखाउने गरेको भन्दै ट्राफिक प्रहरी माथी खनिएका हुन् ट्राफिक प्रहरीले सवारी चालकलाई अनावश्य दुःख समेत दिने गरेको भन्दै व्यवसायीहरुले उल्टै सबैभन्दा पहिले ट्राफिक प्रहरीले सुध्रिनुपर्ने माग गरेका छन् सवारी दुर्घटनामा यातायात मजदुरलाई मात्र दोषि देखाएको भन्दै यहा“का यातायात व्यावसायी ट्राफिक प्रहरीमाथी खनिएका हुन् क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय र सुदूरपश्चिम यातायात व्यावसायी समितिद्धारा बुधबार धनगढीमा आयोजित कार्यक्रममा बोल्ने व्यवसायीहरुले दुर्घटनामा सवारी चालकलाई मात्र दोषि देखाउने गरेकोप्रति आपत्ति प्रकट गरेका छन् उनीहरुले सवारी चालकलाई विभिन्न तवरले टचर गर्ने काम गरिएको भन्दै ट्राफिक प्रहरीको आचरणमा सुधार हुनुपर्ने समेत ब्यक्त गरेका छन् ।चालक निर्दोष भएपनि उसलाई जबरजस्ती दोषि बनाउन खोजिने गरेको व्यावसायीहरुको आरोप छ । सडकको अवस्था, ट्राफिक संकेतहरुको अभावलगायतका समस्यातर्फ सम्बन्धीत पक्षको ध्यान पुग्न नसकेको कथन उनीहहरुको छ साथै यातायात व्यावसायीले ट्राफिक नियम सम्बन्धीका कुरा पाठ्यक्रममा लागु नभएको र अब सबैले पहल गरेर लागु गरिनुपर्ने मजदुर संघका सदस्य निर्मल बिस्टले बताउनुभयो । प्रहरीमाथि दुर्घटना न्यूनिकरण भन्दा पनि राजस्व संकलनमा मात्रै ध्यान दिने गरेको आरोप पनि लाग्ने गरेको छ अर्कोतर्फ प्रहरीले दुर्घटनामा सवारी चालकको गल्ती बढी देखाउछ । यस विषयमा बोल्दै सात नम्बर प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक माधव नेपालले यातायात मजदुरले प्रहरी र प्रहरीले मजदुरलाई दोष दिन राम्रो नभएको भन्दै त्यसमा आफू सहमत नहुने बताए चालक र ट्राफिक प्रहरीबीच सवारी दुर्घटनामा दोषि को भन्ने विषयमा आरोप प्रत्यारोप भइरहेका बेला क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख उपरीक्षक योगबहादुर पालले सार्वजनिक कार्यक्रममा भने एक अर्कालाई दोष लगाउनुभन्दा पनि सडक संरचना प्रमुख रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?